
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले गुरुङलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरिएको बताए ।
१४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको अनुसन्धानको क्रममा गुरुङ मुख्य योजनाकार रहेको पाइएको थियो । १४ किलो सुन सहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई पक्राउ परेका जीवनकुमार गुरुङले परिचालन गरेको अनुसन्धानमा खुलेको थियो । उनी आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए ।
सिआइबीका प्रवक्ता बोगटीले अहिले उनीमाथि थप अनुसन्धान भइरहेको बताएका छन् ।