काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त निर्णय फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकले २०८० असारसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित विभिन्न वित्तीय विवरण पारित गरेको छ ।
सञ्चालकहरुले पारित गरेको उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारण सभामा लगिने संस्थाले जानकारी गराएको छ ।