काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले निशुल्क मेरो सेयर र डिम्याट खाता सम्बन्धी ‘सित्तैको’ योजना सार्वजनिक गरेको छ । ‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै याे योजना ल्याएको कम्पनीले जनाएको छ ।
गरिमा क्यापिटमा सित्तैमा डिम्याट खाता र मेरो सेयर खाता खोल्न सकिनेछ । यो योजना आगामी असारमसान्तसम्म मात्र लागु हुनेछ । यो सेवा क्यापिटलको केन्द्रीय कार्यालयसहित गरिमा विकास बैंकका देशभरका शाखा कार्यालयबाट लिन सकिनेछ ।
रिलायन्स फाइनान्स लिमिटेडको सबै शाखा कार्यालयसहित गरिमा क्यापिटलको वेवसाइटबाट पनि यो सेवा लिन सकिने छ ।