ऋण मिनाहा गर भन्दै राष्ट्र बैंक घेराउमा पुगे लघुवित्त पीडित

<p>काठमाडौं । लघुवित्त संस्था पीडितहरू राष्ट्र बैंक घेराउका लागि बालुवाटार पुगेका छन् । लघुवित्त विरुद्धको सङ्घर्ष समितिले आज राष्ट्र बैंक घेराउ गर्ने भएको हो । त्यसका लागि पीडितहरू राष्ट्र बैंक परिसरमा पुगेका छन् । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर पनि प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । लघुवित्त संस्था पीडितहरू राष्ट्र बैंक घेराउका लागि बालुवाटार पुगेका छन् । लघुवित्त विरुद्धको सङ्घर्ष समितिले आज राष्ट्र बैंक घेराउ गर्ने भएको हो । त्यसका लागि पीडितहरू राष्ट्र बैंक परिसरमा पुगेका छन् ।

विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर पनि प्रदर्शन गरेका छन् ।

लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेकाे बताएका छन् ।

पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर,दिदी बहिनी ठग्न पाइँदैन,धितो लिलाम फुकुवा गर,वित्तीय संस्था खारेज गर,वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।

Share News