बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार मन्त्रीलाई बर्खास्त गर्न सांसदहरूकाे माग

<p>काठमाडौं । बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न संसदमा सांसदहरुले माग गरेका छन् । आइतबार संसदमा आफ्ना भनाइ राख्दै सांसदहरुले सो बताएका हुन् । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले संसदमा बोल्दै बालकुमारी घट्नामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई छानबिन समितिको प्रतिवेदनले समेत मुख्य दोषी देखाएकाले बर्खास्त [&hellip;]</p>

काठमाडौं । बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न संसदमा सांसदहरुले माग गरेका छन् । आइतबार संसदमा आफ्ना भनाइ राख्दै सांसदहरुले सो बताएका हुन् ।

नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले संसदमा बोल्दै बालकुमारी घट्नामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई छानबिन समितिको प्रतिवेदनले समेत मुख्य दोषी देखाएकाले बर्खास्त गर्न सभामुखमार्फत उनले सरकारलाई ध्यानाकर्षण गराएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि बालकुमारी घटनाको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिन माग गरे ।

Share News