रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आइएमई बैंक

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले रवि लामिछानेको नाममा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्ट पारेको छ । बैंकले रवि लामिछानेको नाममा पत्र काट्दै लामिछानेको नाममा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको हो । पत्रमा भनिएको छ, ‘यस बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले रवि लामिछानेको नाममा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्ट पारेको छ ।

बैंकले रवि लामिछानेको नाममा पत्र काट्दै लामिछानेको नाममा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको हो ।

पत्रमा भनिएको छ, ‘यस बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा १ करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसी मार्फत् चेक क्लेरिङ मा पठाउँदा रकम अभाव को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

Share News