सिटिजन्स बैंकले वितरण गर्यो विद्यार्थीलाई न्यानो कपडा

<p>काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो । उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा विपन्न परिवारबाट रहेको र उनीहरुको आर्थिक अवस्था नाजुक भएकाले जाडोमा न्यानो कपडा प्रदान गरिएको बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो ।

उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा विपन्न परिवारबाट रहेको र उनीहरुको आर्थिक अवस्था नाजुक भएकाले जाडोमा न्यानो कपडा प्रदान गरिएको बैंकले जनाएको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा एकदेखि १० सम्मका १९१ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । साथै, यस बैंकको कालिकानगर शाखा बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको यस सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यबाट न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस सहयोगले चिसो मौसममा विद्यार्थीलाई पठनपाठनमा थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले आगामी दिनमा पनि यस प्रकारको आर्थिक, सांस्कृतिक, सामाजिक तथा शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहने प्रतिवद्धता जनाएको छ ।

Share News