प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिन गौरवका योजनाहरु अघि सारेका हौं : उप्रमुख डंगोल

<p>काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छिन् । मंगलबार काठमाडौंमा महानगर गौरव योजना &#8216;रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छिन् । मंगलबार काठमाडौंमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउँदै उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गरिन् ।

‘सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरु र दक्ष सीप सिकाउनेहरुसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृद्धि कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पु¥याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।’ उनले भनिन्

उनले तालिमको उदेश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको जानकारी गराइन् ।

Share News