प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव : देश विकास गर्न नसके राजीनामा दिनुस्

<p>काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर [&hellip;]</p>

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए ।

अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए । नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उनको आरोप छ ।

‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन । राणा शासनको बिरुद्ध लडेको, २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गनुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । देशलाई नर्क बनाउने काम भएको छ,  निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन, अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले यस्तो चासो नै राखेको छैन’, उनले भने ।

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताए ।

अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेपनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिए ।

‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौंमा । काठमाडौंमा मेलम्चीको पानी ८ पटक उद्घाटन भयो । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ की, ६० अर्ब रुपैयाँ खर्च भएको छ, मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरेपनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ, नेपालले धान्न सक्दैन,  झनै भूकम्पको जोखिम हुन्छ’, उनले भने ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो ।

Share News