काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी हुन् ।
उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।