सानिमा बैंक र दराजबीच सम्झौता, साउन र भदौमा बैंकका ग्राहकलाई बिशेष छुट

<p>काठमाडौं । सानिमा बैंकको दराजसंग &#8216;दराज मन्थली पेडे योजना&#8217; का लागि सहकार्य गरेको छ । सानिमा बैंकले ग्राहकका लागि दराजसंग &#8216;दराज मन्थली पेडे योजना&#8217; अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकको दराजसंग ‘दराज मन्थली पेडे योजना’ का लागि सहकार्य गरेको छ । सानिमा बैंकले ग्राहकका लागि दराजसंग ‘दराज मन्थली पेडे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।

बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

Share News