एनआइबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता

<p>काठमाडौं । एनआईबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता भएको छ । एनआईबीएल एस म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबीएल सहभागीता फण्डमा कर्पाेरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीका कर्मचारीले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सस्तोडिलका तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सुमित्रा केसी र क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र [&hellip;]</p>

काठमाडौं । एनआईबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता भएको छ । एनआईबीएल एस म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबीएल सहभागीता फण्डमा कर्पाेरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीका कर्मचारीले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा सस्तोडिलका तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सुमित्रा केसी र क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

यस योजना अन्तर्गत सस्तो डिलका विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छा गरे अनुरुप मासिक रुपमा आउने तलबको केही अंश निरन्तर एनआइबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

Share News