एक सहकारी संस्थाले उपत्यकामा १० आना जग्गा बेच्दै

<p>काठमाडौं । यूनाइटेड बहुद्देश्यीय सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको १० आना जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको साविक ललितपुर महानगरपालिका १८ स्थित कित्ता नम्बर १३०८ को ३१८.९५ वर्गमिटर अर्थात् १० आना जग्गा बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति [&hellip;]</p>

काठमाडौं । यूनाइटेड बहुद्देश्यीय सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको १० आना जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

संस्थाको नाममा रहेको साविक ललितपुर महानगरपालिका १८ स्थित कित्ता नम्बर १३०८ को ३१८.९५ वर्गमिटर अर्थात् १० आना जग्गा बिक्री गर्ने भएको हो ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

सहकारी संस्थाको केन्द्रिय कार्यालय जावलाखेल ललितपुरमा बोलपत्र पेश गर्नु पर्नेछ ।

Share News