प्राइम बैंकको लाभांश पारित, ५ जना संचालक निर्वाचित

<p>काठमाडौं । प्राइम कमर्सियल बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारणसभा संचालक समितिद्वारा प्रस्तावित ८.९५ प्रतिशत लाभांश पारित गरेकाे हाे । सञ्चालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर प्रस्ताव गरेकाे थियाे । चुक्ता पूँजीको ४ प्रतिशतका दरले [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारणसभा संचालक समितिद्वारा प्रस्तावित ८.९५ प्रतिशत लाभांश पारित गरेकाे हाे ।

सञ्चालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर प्रस्ताव गरेकाे थियाे ।

चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड भन्दा बढि हुनेछ ।

सभाले बैंकको नियमावली अनुसार संस्थापक सेयरधनीकाे तर्फबाट सञ्चालक पदमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित गरेकाे छ ।

Share News