काठमाडौं । कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीसँग वे टु लिस्टिङ सेवा प्रदान गर्ने सम्झाैता गरेकाे छ । उक्त सम्झाैतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।
वे टु लिस्टिङ्ग सेवा सम्झाैता अन्तर्गत क्यापिटलले आराभालाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा र धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने छ ।
इजराईलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ ।
साथै, कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसिएग्रो मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्री वितरण समेत गर्दै आईरहेको छ ।
नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएवापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट ‘सर्वोत्कृष्ट उद्यमी पुरष्कारु तथा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट पुरस्कृत भइसकेको छ ।