लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी गर्ने सम्झौता

<p>काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्याइरहेको उर्जा [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।

यस्तै, उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले लक्ष्मी क्यापिटलसँगको सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताए ।

Share News