काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुर शाखा कार्यालयको उद्घाटन एक कार्यक्रम गरी आयोजना गरेको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार विकाश मन्त्री राम सरोज यादवले बुधबार जनकपुर शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यक्रम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उ।वा। संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेलको उपस्थिति रहेको थियो ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै, फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।