आइएमई पे र ट्राफिक कार्यालयले वालेटबाट जरिवाना भुक्तानी प्रबर्द्धन गर्न सहकार्य गर्ने

<p>काठमाडौं । &#8216;आइएमई पे&#8217;का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा उक्त छलफल भएको हो । छलफल बस्नेत र चौधरीबीच ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जाने सहमति भएको छ । [&hellip;]</p>

काठमाडौं । ‘आइएमई पे’का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा उक्त छलफल भएको हो ।

छलफल बस्नेत र चौधरीबीच ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जाने सहमति भएको छ ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले ट्राफिक जरिवाना भुक्तानीका लागि आइएमई पेलाई ट्राफिक अग्रसर गराउन आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताएकी छिन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेका छन् ।

Share News