काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाकास्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ ।
वित्तीय संस्थासग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा रबिना रिजालले प्रशिक्षण दिएकी थिइन् । सो तालिम भदौ २९ गते सुरु भई ३१ गते समापन भएको थियो ।
आर्थिक उपार्जनको विभिन्न माध्यमहरु मध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने प्रशिक्षक रबिना रिजालले बताइन् ।
हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार ३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।