काठमाडौं । काठमाडौंको नयाँ बजारमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाले कर्जा लिएका ऋणाीलाई १५ दिनभित्र कर्जा तिर्न सूचना सार्वजनिक गरेको छ । सो सहकारीले आइतबार १५ लिने सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सदस्यहरुलाई १५ दिनभित्र ऋण तिर्न ताकेता गरेको हो ।
यस सहकारी संस्थावाट विभिन्न मितिमा विभिन्न व्यक्तिहरुले कृषि, किराना पसल तथा व्यवसाय गर्नका लागि लिनु भएको ऋणको साँवा, ब्याज तथा विलम्व शुल्क समेत नतिरि भाखा नघाई सक्दा पनि संस्थाले वारम्वार मौखिक, लिखित, फोन वार्ता तथा सार्वजनिक सूचना मार्फत जानकारि गराउँदा पनि ऋण तिर्नको लागि संस्थामा सम्पर्कमा नआएको र वेवास्था गरेको हुँदा संस्थाले असुल गर्नु पर्ने साँवा, ब्याज तथा हर्जना गरि जम्मा हुन आउने रकम निम्न ऋणीहरु तथा निजहरुका धनजमानीहरु लाई सूचना प्रकाशित गरेको र निजहरुलाई अन्तिम पटक १५ दिन भित्र आफ्नो ऋण चुक्ता गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको छ ।
उक्त समय भित्र पनि आफ्नो दायित्वमा रहेको सावाँ ब्याज तिर्न नआएमा सहकारीको नियमावली २०७५ अनुसार कारवाही गरिने पनि सूचनामा उल्लेख छ । सो सहकारीले १९ जनाको नाम सार्वजनिक गर्दै ऋण तिर्न ताकेता गरेको हो ।
पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिरहेको छ । सहकारीहरुमा पनि तरलताको समस्या देखिएको छ ।