काठमाडौं । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाई लक्षित गरी फेस्टिभ क्यामपेन सार्वजनिक गरेको छ । ४९ दिनसम्म चल्ने नमस्ते पे को यस क्यामपेनमा प्रयोगकर्ता विभिन्न सेवाहरुमा विभिन्न अफरहरु पाउनेछन् ।
यस अभियानको बम्पर अफरमा ७ भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन । जति धेरै कारोबार गरे त्यति नै धेरै भाग्यशाली विजेता बन्ने सभ्भावना बढी हुने कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।
त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १ हजार क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट नि:शुल्क पाउनेछन् ।
यति मात्र नभएर दशैं दक्षिणाको रूपमा आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जनाले १०० प्रतिशत क्यासब्याक, मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाउनेछन् । यसमा कम्पनीले प्रयोगकर्ताहरूलाई ३ पटकसम्म प्रयोग गर्न पाउने प्रोमोकोड उपलब्ध गराउने छ ।
साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरु, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न अफर प्रदान गर्ने जनाएको छ ।