सहकारीको आयकर घट्यो, अब कुनलाई कति ?

<p>काठमाडौं । सरकारले सहकारीको आय कर घटाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बृद्धि गरेको सहकारीको आयकर बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै घटाएको हो । आयकर वृद्धिको चौतर्फी विरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रीपरिषद्ले सहकारीलगायत क्षेत्रको कर घटाएको हो । अब सहकारी संस्थाहरुको करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५ प्रतिशत, उपमहानगरका लागि [&hellip;]</p>

काठमाडौं । सरकारले सहकारीको आय कर घटाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बृद्धि गरेको सहकारीको आयकर बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै घटाएको हो । आयकर वृद्धिको चौतर्फी विरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रीपरिषद्ले सहकारीलगायत क्षेत्रको कर घटाएको हो ।

अब सहकारी संस्थाहरुको करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५ प्रतिशत, उपमहानगरका लागि ७ प्रतिशत र महानगरको हकमा १० प्रतिशत आयकर लाग्नेछ ।

अर्थमन्त्री शर्माले भने चालु आवको बजेटमा सहकारीको करको दरमा ५० प्रतिशत बृद्धि गर्दै नगरपालिकाभित्र सञ्चालन भएकोमा ७.५, उपमहानगर क्षेत्रभित्र सञ्चालन भएकोमा १० र महानगरक्षेत्रभित्र सञ्चालन भएकोमा १५ प्रतिशत करलाग्ने ब्यवस्था गरेका थिए ।

Share News