सुपर लघुवित्त समस्याग्रस्त घोषणा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको हुँदा समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ । ‘२०७८ असोज मसान्तको वित्तीय विवरणको सुपर लघुवित्त वित्तीय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको हुँदा समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ ।

‘२०७८ असोज मसान्तको वित्तीय विवरणको सुपर लघुवित्त वित्तीय संस्थाको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खड़ा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ,’ राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

साथै, लघुवित्तको प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशत ऋणात्मक भएको हुँदा २०७८ चैत्र २ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो ।

संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख) (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share News