फोनपे ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

<p>काठमाडौं । फोनपे पेमेन्ट सर्भिस भिसाको ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो । राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको उक्त कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो । फोनपे नेटवर्कमा [&hellip;]</p>

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस भिसाको ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो ।

राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको उक्त कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ७ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

Share News