समृद्धि फाइनान्सले राष्ट्र बैंकबाट पायो बजार निर्माताको इजाजत

<p>काठमाडौं । समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ । राष्ट्र बैंकले &#8216;बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)&#8217; गर्ने गरि समृद्धि फाइनान्सलाई इजाजत दिएको हो । यससँगै फाइनान्सले नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ । राष्ट्र बैंकले ‘बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०(दोश्रो संशोधन २०७६ बमोजिम)’ गर्ने गरि समृद्धि फाइनान्सलाई इजाजत दिएको हो ।

यससँगै फाइनान्सले नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्ने छ ।

राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको प्राथमिक एवम् दोस्रो बजार कारोबारलाई प्रवद्र्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाई बजार निर्माताको इजाजत दिँदै आएको छ । जसअनुसार इजाजत प्राप्त संस्थाहरुले राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवम् भविष्यमा नेपाल सरकारको तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न पाउने छन् ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Share News