बुद्ध ज्योतिलाई प्राप्ति गरेको मिर्मिरे लघुवित्तले एकीकृत कारोबार गर्दै, चुक्ता पुँजी ५३ करोड बढी

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ । भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो । दुई संस्थाबीच एकीकृत कारोबार भदौ १५ गते बिहान ११ बजे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय बनेपास्थित सभाहलमा हुने [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ । भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

दुई संस्थाबीच एकीकृत कारोबार भदौ १५ गते बिहान ११ बजे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय बनेपास्थित सभाहलमा हुने छ । उक्त एकीकृत कारोबार पश्चात बन्ने मिर्मिरे लघुवित्तको अधिकृत पुँजी ६० करोड र चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, शाखा संख्या १५० वटा पुग्ने छन् ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्करराज जोशीले संस्थाले आगामी दिनमा सेवाग्राही, लगानीकर्ता एवं आवद्द कर्मचारीको उज्वल भविष्य निर्माणमा लघुवित्तको मर्म र भावना अनुरुप आफ्नो कार्यसंचालन निरन्तर रहने बताएका छन् ।

मिर्मिरेले यस अघि धुनिवेशीको स्वेडा लघुवित्त वित्तीय संस्था, झापाको बिर्तामोडमा रहेको नागबेली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरिसकेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर दिएको संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २० करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Share News