काठमाडौं। नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको छ ।
बुधबार राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमा एकको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्तालाई दिइने ब्याजदरमा कडाइ गरेको हो ।
‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,’ एकिकृत निर्देशनमा भनिएको छ ।