काठमाडाैं । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा बैंक तथा वित्तीय संस्थालाई खुला छोडेको छ । यसअघि केही नीतिगत व्यवस्था भएपनि राष्ट्र बैंकले अब भने खुला नै छोडेको हो ।
राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकिकृत निर्देशन जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था भएकोमा अब सो व्यवस्था हटेको हो ।
यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने व्यवस्था थियो ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था भएकोमो अब सो व्यवस्था हटेको हो ।