राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिका कार्यालयमा

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा खुलेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । उक्त एक्सटेन्सन काउन्टरमार्फत वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनको अनुसार सो शाखा कार्यालय बुटवल [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा खुलेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए ।

उक्त एक्सटेन्सन काउन्टरमार्फत वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

उनको अनुसार सो शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share News