काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७०.०४ प्रतिशत बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३४ लाख ७९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेर ४ अर्ब ४० करोड ७७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८६ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्षको असार मसान्तसम्मा बैंकको सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५१ लाख ८ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेर १ अर्ब २० करोड ३२ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेर ५ अर्ब ९० करोड ८३ लाख ३६ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ३२७.१२ प्रतिशत बढेर १ अर्ब ४४ करोड ८८ लाख ५ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेर ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष २३.३५ प्रतिशत बढेर ७ अर्ब २८ करोड ५७ लाख २४ हजार रुपैयाँ, निक्षेप १२.६८ प्रतिशत बढेर १ खर्ब १९ अर्ब ७१ करोड २ लाख ५ हजार रुपैयाँ र कर्जा ८.५८ प्रतिशत बढेर १ खर्ब ५ अर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।