प्राइम बैंककाे साढे ३ अर्ब बढी नाफा, १९.७३ रुपैयाँ ईपीएस हुँदा वितरणयोग्य नाफा कति ?

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.६३ प्रतिशत बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.६३ प्रतिशत बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो अािर्थक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ११.७७ प्रतिशत बढेर ५ अर्ब २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत घटेर १ अर्ब १ करोड ३० लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेर ७ अर्ब ९५ करोड ८४ लाख ७६ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ११.८९ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेर १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, जगेडा कोष १३.२२ प्रतिशत बढेर ८ अर्ब ८९ करोड ७७ लाख २ हजार रुपैयाँ, निक्षेप ३.९३ प्रतिशत बढेर १ खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ र कर्जा ९.४४ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

गत असारमसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा सिमित भएको छ । अघिल्लो अािर्थक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २०.३२ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

Share News