लुम्बिनी बैंकले गर्याे किर्तीमानी आरोही शेर्पालाई सम्मान

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी सगरमाथा आरोहीलाई सम्मान गरेको छ । २६ औं पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेर विश्व किर्तीमानी राख्न सफल भएका आरोही कामिरिता शेर्पालाई बैंकले सम्मान गरेको हो । शेर्पाले २६ औं पटक सगरमाथा आरोहणका क्रममा बैंकको लोगो सगरमाथाको चुचुरोमा पुर्याएका थिए । उनलाई बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी सगरमाथा आरोहीलाई सम्मान गरेको छ । २६ औं पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेर विश्व किर्तीमानी राख्न सफल भएका आरोही कामिरिता शेर्पालाई बैंकले सम्मान गरेको हो ।

शेर्पाले २६ औं पटक सगरमाथा आरोहणका क्रममा बैंकको लोगो सगरमाथाको चुचुरोमा पुर्याएका थिए । उनलाई बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।

किर्तीमानी आरोही शेर्पा लुम्बिनी बैंकमा दुई दशकदेखि निरन्तर रुपमा सहयात्री बनी आवद्ध रहेको बैंकले जनाएको छ ।

बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

Share News