नेप्सेले रोकिदियो सूर्या र ज्योति लाइफको सेयर कारोबार

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा रहेका यी दुई कम्पनीको कारोबार असार १३ गतेदेखि रोक्का गरिदिएको हो । एक आपसमा मर्जरमा जान दुई इन्स्योरेन्सले असार १२ गते मात्रै प्रारम्भिक समझदारी गरेका थिए । यससँगै अब दुई कम्पनीको मर्जर [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा रहेका यी दुई कम्पनीको कारोबार असार १३ गतेदेखि रोक्का गरिदिएको हो ।

एक आपसमा मर्जरमा जान दुई इन्स्योरेन्सले असार १२ गते मात्रै प्रारम्भिक समझदारी गरेका थिए । यससँगै अब दुई कम्पनीको मर्जर प्रकृया सम्पन्न नभएसम्म कारोबार पनि रोक्का हुने छ ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दुर्त गतिमा अगाडि बढाइने जानकारी गराइने इन्स्यारेन्सले जनाएको छ ।

सम्बन्धित समाचार

सूर्या र ज्योति लाईफबीच मर्जर सम्झौता, १ः१ स्वाप रेसियो भए ५ अर्ब पुँजी पुग्ने

Share News