पृथ्वी शाहको रकम फुकुवा गर्न राष्ट्र बैंक सञ्चालकले बार्गेनिङ गरेको अर्थमन्त्रीको दावी, को हुन् उनी ?

<p>काठमाडौं । अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफु कहाँ राष्ट्र बैंकका सञ्चालकले बार्गेनिङ गरेको सूचना आएको बताएका हुन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आफु कहाँ राष्ट्र बैंकका सञ्चालकले बार्गेनिङ गरेको सूचना आएको बताएका हुन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकको एउटा सञ्चालकले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन, सञ्चालकले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको कुरा आएको छ, अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ ? यस्ता कुराहरु हामीले सच्याउनु पर्छ,’ उनले सार्वजनिक कार्यक्रममै भने ।

तर, बार्गेनिङ गर्ने सञ्चालक को हुन् भन्ने विषयमा भने उनले खुलाएनन् । साथै, उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।

Share News