सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्&#x200d;याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७ विरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो । बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा एटीएम [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ ।

चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७ विरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News