बैंकहरुको निक्षेप १ अर्बले बढ्दा कर्जा ५ अर्बले बढ्यो, सीडी रेसियो ९१.२० प्रतिशत पुग्यो

<p>काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप १ सातामा १ अर्ब रुपैयाँले मात्रै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत महिनाको दोस्रो साताको तुलनामा तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले मात्रै बढेको हो । बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेर कुल ४३ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ । गत सातामा बैंकहरुमा कुल [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप १ सातामा १ अर्ब रुपैयाँले मात्रै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत महिनाको दोस्रो साताको तुलनामा तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले मात्रै बढेको हो ।

बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेर कुल ४३ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ । गत सातामा बैंकहरुमा कुल ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तै, एक सातामा बैंकहरुको कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुको चैत दोस्रो सातामा कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा चैत तेस्रो सातामा कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको हाे ।

यस्तै, बैंकहरुको कर्जा निक्षेप अनुपात ९१.२० प्रतिशत कायम भएको छ ।

Share News