
काठमाडौं । नेपाल बैंकको स्थापनाकालमा महत्त्वपूर्ण योगदान दिने स्वर्गीय सरदार गुञ्जमान सिंहको सम्झनामा चितवनको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न सहयोग गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको र सो आर्थिक सहयोग रकम उपलब्ध गराउन पाएकोमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारी खुशी व्यक्त गरे ।
साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।