फरक क्षमता भएकाको खाता खोल्न सहजीकरण गर्न अर्थमन्त्रीको निर्देशन

<p>काठमाडौं । अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई पत्र पठाउँदै खाता खोल्नका लागि सहजीकरण गर्न निर्देशन दिएको हो । फरक दृष्टि क्षमता (दृष्टिविहिन) भएका नागरिकहरूले बैंक [&hellip;]</p>

काठमाडौं । अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई पत्र पठाउँदै खाता खोल्नका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।

फरक दृष्टि क्षमता (दृष्टिविहिन) भएका नागरिकहरूले बैंक खाता खोल्न असहज भएको गुनासो आएपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्ने फरक दृष्टि भएका नागरिकहरूको हकमा खाता खोल्ने र कारोबार गर्ने प्रकृयामा सरलीकरण गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

नागरिकहरुमा वित्तीय पहुँच बढ्नुका साथै आर्थिक गतिविधिहरु बैंकिङ प्रणालीबाट सञ्चालन गर्न नागरिकहरु अभिप्ररित भइरहेको अवस्थामा फरक दृष्टि क्षमता (दृष्किविहीन) भएका नागरिकहरुले बैंक खाता खोल्न असहज भएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले फरक दृष्टि भएका नागरिकहरुको हकमा खाता खोल्ने र कारोबार गर्ने प्रकृयामा सरलीकरण गरी निजहरुको वायोमेट्रिक प्रणाली, अनुहार पहिचान प्रणाली वा अन्य उपयुक्त र व्यवहारिक व्यवस्थामार्फत बैंक खाता सञ्चालन तथा एटीएम बुथमा अपांगमैत्री र्याम्प बनाउन राष्ट्र बैंकलाई निर्देशन दिईएको मन्त्रालयले जनाएउको छ ।

स्पाइनल इन्जरी नेटवर्कका राष्ट्रिय सल्लाहकार गजेन्द्रसिंह बुढाथोकी, स्पाइनल इन्जरी नेटवर्कका अध्यक्ष ऋषिराम ढकाल, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत, नेपाल नेत्रहीन संघका अध्यक्ष शिशीर खनाल, अपाङ्ग महिला महासंघकी अध्यक्ष निर्मला धिताल र स्पाइनल इन्जरी नेटवर्कमा सचिव केशव थापाको समूहले अर्थमन्त्री जनार्दन शर्मालार्ई भेटेर गुनासो राखेका थिए ।

Share News