जलविद्युत् विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बमबहादुर मिश्र

<p>काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्स्पोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मि सहितका वक्ताहरूले लगानीयोग्य पुँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारे । [&hellip;]</p>

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्स्पोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मि सहितका वक्ताहरूले लगानीयोग्य पुँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारे ।

मिश्रले जलविद्यूत‍्को विकास तथा प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च महत्व दिँदै आएको उल्लेख गरे । नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्र प्रत्यक्ष र दूरगामी महत्त्व राख्ने क्षेत्र भएकाले राष्ट्र बैंकले सो क्षेत्रको आवश्यकता अनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति तथा अन्य निर्देशनहरु ल्याउने गरेको बताए ।

स्वदेशी बैंकहरूले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सीमा अझै नपुगेको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत उनले गरे । वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले अहिलेको तरलताको समस्या पनि जलविद्युत‍्सँग सम्बन्धित कुनै पनि पक्षको आयातमा कुनै खाले अवरोध नराखिएको उनको भनाइ थियो । “तरलता साईकल व्यवस्थापन गर्न खोज्दैछौं । टर्वाइनलगायत कुनै पनि उपकरण आयातको एसलीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौ ।”

अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापालगायत सहभागी हुनेछन् ।

Share News