काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले पहिलोपटक संस्थागत परामर्श सेवा अन्तर्गत बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा सुरु गरेको छ ।
उक्त सेवा अन्तर्गत तापेलेजुङमा क्रिष्टल पावर डेभलपमेन्टद्वारा निर्माण गर्न लागिएको सुपर तमोर हाइड्रेइलेक्ट्रिक आयोजनाको लागि उक्त कम्पनी र ग्लोबल आइएमईबीच बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा अन्तर्गत क्यापिटलले उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना हित संस्थागत परामर्श, लगानी प्रवर्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउनुको साथै भविष्यमा प्राइभेट इक्विटी वा भेन्चर क्यापिटल सम्बन्धी कार्यहरु गर्ने योजना रहेको जानकारी दिएको छ ।
यसका साथै, पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदा रेगुलेटर फ्रेमवर्क अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउने क्यापिटलले जानकारी दिएको छ ।
त्यसैगरी क्यापिटलले बिजनेश कनसेप्ट टु लिस्टिङ सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्ने पनि जनाएको छ ।
साथै, क्यापिटलले उक्त क्रिष्टल पावर डेभलपमेन्टलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ ।