काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । मंगलबार लघुवित्त संस्था र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
२०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेष्डो समृद्ध लघुवित्तले २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा घ वर्गको लघुवित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरेको थियो ।
यस वित्तीय संस्थाले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आइरहेको छ ।