राष्ट्र उत्थान लघुवित्तको आईपिओ बाँडफाँड, २५ लाख बढीको हात खाली

<p>काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाको माध्यमबाट ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरेको हो । २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका मध्येमा ५ हजार ८५९ जनाको आवेदन रद्द भएको छ । योग्य २५ लाख [&hellip;]</p>

काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाको माध्यमबाट ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरेको हो ।

२५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका मध्येमा ५ हजार ८५९ जनाको आवेदन रद्द भएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जनालाई गोलाप्रथाबाट सेयर बँडफाँट गरिएको हो । गोलाप्रथामा समावेश भएका मध्ये ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएका छन् ।

उक्त सेयरमा आवेदन दिएका २५ लाख ५ हजार ८११ जनाको हात खाली भएको छ । संस्थाको आईपीओमा ३८.३० गुणा बढी आवेदन परेको थियो ।

लघुवित्तले सर्वसाधारणमा ७ लाख ९४ हजार ५०० कित्ता सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका थिए ।

कम्पनीले कुल आठ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

हाल १७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँड पश्चात २६ करोड रुपैयाँ पुग्नेछ ।

Share News