काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ । बैंकले ५१ रुपैयाँमै खाता खोल्न मिल्ने गरि उक्त योजना ल्याएको हो ।
यससँगै यो नयाँ खातामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने छ । यस योजना अन्तगर्त खाता खोलेका ग्राहकको पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना अन्तर्गत खाता खोलेका ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सि आस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु पाउने छन् ।
विगत देखिनै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहि आएको यस बैंकले ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्घी खाता संचालनमा ल्याएको हो । यससँगै इच्छुकले देशभरका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवाहरु दिँदै आएको छ ।