सिआइबीले भन्यो: क्रिप्टो कारोबार गर्नेको जानकारी हामीलाई दिनुहोस्

<p>काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)ले क्रिप्टो कारोबार गर्नेको जानकारी आग्रह गरेको छ । व्युरोले  क्रिप्टो जस्तो गैरकानुनी कारोबार गर्ने व्यक्तिहरुको बारेमा जानकारी गराई सहयोग गर्न अनुरोध गरेको हो । व्युरोले क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ्ग लगायतको कारोवार नेपालमा प्रतिबन्धित भएकोले र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा [&hellip;]</p>

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)ले क्रिप्टो कारोबार गर्नेको जानकारी आग्रह गरेको छ । व्युरोले  क्रिप्टो जस्तो गैरकानुनी कारोबार गर्ने व्यक्तिहरुको बारेमा जानकारी गराई सहयोग गर्न अनुरोध गरेको हो ।

व्युरोले क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ्ग लगायतको कारोवार नेपालमा प्रतिबन्धित भएकोले र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोवार नगर्न नगराउन हुन पनि अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन,२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकवाट २०७४/०४/२९, २०७८/०५र२४ र २०७८/१०/०९ मा भर्चुअल करेन्सी क्रिप्टेकरेन्सी अन्तर्गतको कारोवार व्यवसाय तथा डिजिटल नेटविर्कि विजनेश गैर कानूनी रहेको छ ।

 

 

Share News