काठमाडौं । प्रभु क्यापिटलले मासिक रुपमा ग्लोबल रिर्पोट प्रकाशन गर्न सुरु गरेको छ । क्यापिटलले अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटर मासिक रुपमा ग्लोबल रिर्पोट प्रकाशन गर्न सुरु गरेको हो ।
क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन आज माघ २७ गते पहिलो संस्करण प्रकाशन गरेको छ ।
प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई लगानीकर्ता तथा पाठकहरुले प्रभु क्यापिटलको वेबसाइटका साथै क्यापिटलले सञ्चालन गरेका सोशल मेडिया प्लेटफर्महरु (भाइबर, फेशबुक, लिंकडिन, टविटर) बाट सजिलै पढ्न सकिने क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलको अनुसार मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु जस्तैः ग्लोबल मार्केट परिसूचक, कमोडिटी बजार, वैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजार० लाई समेटेर रिपोर्ट प्रकाशित गरिनेछ ।
उक्त रिपोर्ट अंग्रेजी महिनाको पहिलो सप्ताहमा प्रकाशित गरिने क्यापिटलले जानकारी दिएको छ ।
यस्तो छ पहिलो प्रतिवेदन
[pdf id=314804]