वित्तीय सूचकमा नेशनल माइक्रोफाइनान्सको छलाङ, कमायो ३१२ प्रतिशत बढी नाफा

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३१ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्ससम्मको वित्तीय विवरण अनुसार कम्पनी सो मात्राको नाफा कमाउन सफल भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ३१२.८१ प्रतिशतले बढी हो । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३१ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्ससम्मको वित्तीय विवरण अनुसार कम्पनी सो मात्राको नाफा कमाउन सफल भएको हो ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३१२.८१ प्रतिशतले बढी हो । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा ७ करोड ६५ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी ६२ करोड ७० लाख रुपैयाँ र सञ्चालन मुनाफा ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ छ । समीक्षा अवधिमा जगेडा कोषको रकम बढेर ३४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।  त्यस्तै, निक्षेप दायित्व ६९.८७ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने कर्जा सापटी १२३ प्रतिशतले बढेर ९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा संस्थाको प्रतिसेयर आम्दानी २८.४६ प्रतिशत र पीई रेसियो ३६.३१ अनुपात रहेको थियो ।

Share News