५ वर्षपछि साइनिङ स्टार सेभिङका ३५ लाख ठगी गर्ने लेखा समिती संयोजक पक्राउ

<p>काठमाडौं । ३५ लाख रुपैयाँ ठगी गर्ने सहकारीका लेखा-समिती संयोजक पक्राउ परेका छन् । कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका लेखा-समिती संयोजक पंचमान महर्जन पक्राउ परेका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेकाे हाे । महर्जनले को-अपरेटिभमा जम्मा गरेको निक्षेप रकम बाइस करोड चौसठ्ठी लाख चौरानब्वे हजार चार सय अठ्हत्तर रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई [&hellip;]</p>

काठमाडौं । ३५ लाख रुपैयाँ ठगी गर्ने सहकारीका लेखा-समिती संयोजक पक्राउ परेका छन् ।

कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका लेखा-समिती संयोजक पंचमान महर्जन पक्राउ परेका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेकाे हाे ।

महर्जनले को-अपरेटिभमा जम्मा गरेको निक्षेप रकम बाइस करोड चौसठ्ठी लाख चौरानब्वे हजार चार सय अठ्हत्तर रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन बाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको पाइएको थियो ।

उनलाई ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले मिति २०७३/०३/१९ मा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो तर उनी त्यसयता फरार रहँदै आएका थिए ।

 

Share News