छिमेक लघुवित्तकाे ३० प्रतिशत लाभांश पारित, संचालकमा पुन: ऋषि राज जोशी

<p>काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाकाे ३० प्रतिशत लाभांश पारित भएकाे छ । लघुवित्त काे २०औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । शेयरधनीहरुलाई आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो । २०५८ सालमा स्थापना भएको यस संस्थाले [&hellip;]</p>

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाकाे ३० प्रतिशत लाभांश पारित भएकाे छ । लघुवित्त काे २०औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

शेयरधनीहरुलाई आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

काठमाडाैंकाे मध्यबानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

यस्तै संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी ऋषि राज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।

Share News