काठमाडौं । एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ यहि पुस २२ गते परिपक्व हुँदै छ । २०७१ पुस २३ गतेदेखि सञ्चालनमा आएको उक्त फण्ड भोलि अर्थात बिहीबारदेखि परिपक्व हुन लागेको हो ।
नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी १० रुपैयाँ अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।
यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई १७.७१ रुपैयाँसम्म कारोबार भएको थियो ।
एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड-१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।
सम्बन्धित सामाग्री