काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तरलताका कारण अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् ।
राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अहिले तरलताको समस्या रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको धारणा राखे ।
यस्तै उनले अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउने गरेको बताए । ‘ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउने गरेको छ, कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ,’ उनले भने ।
उनले अब बैंकहरु पनि सन्तुलित भएर जानुपर्ने धारणा राखे ।